ADD FOR WEBSIDE ADD FOR WEBSIDE

हङकङ क्रिकेट सिक्सेसका लागि नेपाली टोलीको घोषणा 

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौँ  : नेपाल क्रिकेट संघ क्यानले हङकङ क्रिकेट सिक्सेसका लागि सात सदस्यी टोलीको घोषणा गरेको छ ।

क्यानले आज सन्दीप जोराको कप्तानीमा टोलीको घोषणा गरेको हो । टोलीमा सन्दीपसँगै नारायण जोशी,प्रतिश जीसी,रशिद खान,बिबेक यादव ,दिपेन्द्र रावत रहेका छन् । विकेट किपरमा लोकेश बम रहेका छन् । ज्ञानेन्द्र मल्लले नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् । क्रिकेट हङकङ, चीनको आयोजनामा हुने प्रतियोगिता १ देखि नोभेम्बर ३ सम्म चल्नेछ ।

प्रतियोगिताको पहिलो दिन नेपालले इङ्ग्ल्याण्डको सामना गर्नेछ । नोभेम्बर दुईमा नेपालले अष्ट्रेलियासंग खेल्ने तालिका छ । प्रतियोगिता कूल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।  सहभागि टोलीलाई चार समूहमा विभाजन गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्