ADD FOR WEBSIDE ADD FOR WEBSIDE

वाग्मतीसंग रानीबन ३–१ ले पराजित

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौँ :शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा वाग्मती युथ क्लब बिजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा रानीवन स्पोर्ट्स क्लब बाजुरामाथि ३–१ गोलको जित निकाल्दै बाग्मति युथ क्लब सर्लाही बिजयी भएको हो ।

बाग्मतिको जितमा दिपेश राईले दुई गोल गरे । खेलको ४७ औँ मिनेटमा दिपेशको गोलमा अग्रता लिएको बाग्मतिले ८० औँ मिनेटमा दिपेशकै गोलमा अग्रता दोब्बर बनायो । ८२ औँ मिनेटमा रानीबनका लागि बिष्णु चौधरीले पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि जित दिलाउन भने सकेनन् ।

खेलको अतिरिक्त समयको तेस्रो मिनेटमा सृजन राज गौतमले अर्को गोल थप्दै बाग्मतीलाई ३–१ को जित दिलाउन सफल भए । महत्वपूर्ण जितसंगै बाग्मतीले ३ अंक जोड्दै शिर्ष स्थान कब्जा जमाउने अभियानमा पुगेको छ  । बाग्मतिले योसंगै लगातार पछिल्लो दुई खेलमा जित निकालेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्