ADD FOR WEBSIDE ADD FOR WEBSIDE
इमर्जिङ टिम्स एसिया कप

हङकले अफगानिस्तानलाई हरायो 

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौँ : एसीसी पुरुष टी–२० इमर्जिङ टिम्स एसिया कप क्रिकेट अफगानिस्तानले पहिलो हार भोगेको छ ।

आज भएको खेलमा अफगानिस्तान “ए” हङकङसंग ५ विकेटले पराजित भएको हो । जितकालागि अफगानिस्तानले दिएको १३२ रनको मध्यम लक्ष्य हङकङले ३ बल बाँकी छँदै ५ विकेटको क्षतिमा भेटायो । हङकङको जितमा कप्तान निजाकत खानले सर्वाधिक ६१ रनको योगदान गरे । बाबर हायातले ३९ रन जोडे ।

त्यसअघि ओमानको अल अमिरात स्टेडियममो टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले १९.५ ओभरमा सवै विकेट गुमाउँदै १३१ रन बनाएको थियो । उसकालागि सिदीकुल्लाह अटलले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५२ रन जाडे ।

करिम जन्नतले २१,नुमान शाहले २० तथा कप्तान द्रविस राशोलीले १८ रन जोडेपनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा आन्श खानले सर्वाधिक ६ विकेट लिए ।

लगातार दुई खेल हारेको हङकङ पहिलो जित निकाल्दै दुई अंक जोडेको छ । लगातार दुई खेल जितेको अफगानिस्तानको यो पहिलो हार हो । जितका बाबजुत पनि हङकङ अंक तालिकाको पुछारमा छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्