ADD FOR WEBSIDE ADD FOR WEBSIDE
मालिकादेवी कप

सुकुटे, धार्पा, पोखरे र राई ब्वाइज क्वाटरफाइनलमा

मंगलबार, कात्तिक ६, २०८१

नवलपुर : सुकुटे युवा जागरण मञ्च चौथो संस्करणको मालिकादेवी कप खुला सेभेन ’ए’ साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रबेश गरेको छ ।

मेलचौर युवा जागरण समाज चौताराको आयोजनमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा आज मंगलबार सुकुटेले सेतिदेबी युवा क्लवलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै क्वाटरफाइनल प्रबेश गरेको हो ।

चौतारा साँगाचोकगढी–७ मेलचौर दरबारडाँडा खेल मैदानमा भएको यस खेलको म्यान अफ द म्याच सुकुटेका कृष्ण केसी चुािएको आयोजक संस्थाका सचिव सबिन दंगालले जानकारी दिए ।

सुकुटेले सोमवार भएको खेलमा भीमटार बोइजलाई ३–१ ले पराजित गरेको थियो । त्यस्तै धार्पा युवा क्लव पनि क्वाटरफाइनलमा पुगेको छ । इन्द्रावती सिर्जनसिल युवा समाजलाई ६–३ गोलले पछि पार्दै धार्पा क्वाटरफाइनलमा पुगेको हो । यस खेलमा धार्पाका कृजल खड्का म्यान अफ द म्याच घोषित भएका छन् ।

पोखरे युवा समाजले पनि मेलचौर युवा जागरण समाजलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ । 

राई ब्वाइज फुटबल क्लब क्वाटरफाइनल पुग्ने अर्को टिम बनेको छ । उसले आज भएको खेलमा सुनकोशी"ए"लाई ४–१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
आजै भएको समुहचरणको अन्तिम खेलमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ लाई ३–० गोलले पराजित गर्दै रोयल फेमीली अघिल्लो चरणमा प्रवेश गरेको छ । 
अब भोली ४ खेल पछि क्वाटरफाइनल समिकरण पुरा हुने आयोजक संस्थाका सचिव दंगालले जानकारी दिए ।

आगामी कार्तिक १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।  उपविजेताले ७७ हजार ७७७ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्