ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अमेरिकासंग नेपालले टस हार्‍यो ,सन्दीप सहभागी

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौँ : नेपाल विरुद्धको अभ्यास खेलमा अमेरिका "ए' ले टस जितेको छ । डालास स्थित ग्राण्ड प्रेरि रंगाशालामा केहिबेरपछि सुरु हुने खेलमा टस हारेको नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो ।

अमेरिकामै सुरु हुने त्रिकोणात्मक सिरिज यहि कात्तिक  ९ गतेबाट सुरु हुँदैछ ।उक्त सिरिजमा  घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।

यसअघि नेपालले आज अमेरिका "ए' संग एक दिवशीय ५० ओभरको अभ्यास क्रिकेट खेल्न लागेको हो । भिषामा समस्याका कारण कमेरिकामा खेल्न नपाएका सन्दीप लामिछाने अभ्यास खेलमा देखिएका छन् ।

उनी केहि दिन अघिमात्रै अमेरिका पुगेका हुन् । उनले अमेरिकामा हुने त्रिकोणात्मक एक दिवशीय लिग टु खेल्ने  छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  २१:०५
प्रतिक्रिया दिनुहोस्