ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अमेरिकी दाेस्राे टोलीसङ्ग नेपालकाे लज्जास्पद हार

बुधबार, कात्तिक ७, २०८१

काठमाडौं : अमेरिका 'ए' विरुद्धको अभ्यास खेलमा नेपाल पराजित भएको छ ।

बुधवार विहान सकिएकाे खेलमा नेपाल ४ विकेटले पराजित भएको हाे । जितकालागि नेपालले दिएकाे ८१ रनकाे झिनाे लक्ष्य अमेरिकाले २३.१ ओभरमा ६ विकेटकाे क्षतिमा भेटायाे । 

त्यसअघि डालास स्थित ग्राण्ड प्रेरि रंगाशालामा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपाल २५.३  ओभरमा ८० रनमा अलआउट भएको थियाे ।  निकै खराब लयमा रहेका नेपालका कुशल मल्लले सर्वाधिक १८ रन जाेडे ।

रिजन ढकालले १२ ,भिम सार्किले १० तथा  कप्तान रोहित पौडेलले ८ रन जोडे ।करण केसी ७ रनमा अविजित रहे ।

अर्जुन साउद र दिपेन्द्र सिं ऐरीले समान  ५-५ रन जोड्दा कुशल भुर्तेल र आरिफ शेखले २-२ रन बनाए ।  अनिल शाहले खातानै खोल्न सकेनन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्