ADD FOR WEBSIDE ADD FOR WEBSIDE

टि–२० ब्याटिङ वरियतामा कुशल भुर्तेलको छलाङ 

बुधबार, कात्तिक ७, २०८१

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले टि–२० ब्याटिङ वरियतामा ३१ स्थान सुधार गरेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्वजनिक गरेको वरियतामा भुर्तेलले ३१ स्थान सुधार गर्दै ९९ औं स्थानमा उक्लिएका हुन् । भुर्तेलले अमेरिकाविरुद्धको टि–२० सिरिजमा १ अर्धशतक सहित सर्वाधिक १ सय ४२ रन बनाएका थिए ।

ब्याटिङ वरियतामा आसिफ शेखले २ स्थान सुधार गर्दै ६९औं स्थानमा पुगेका छन् । कप्तान रोहितकुमार पौडेल ४ स्थान सुधार गर्दै ५९औं स्थानमा पुगेका छन् । अष्ट्रेलियाका ट्राभिश हेड टि–२० ब्याटिङ वरियताको शिर्ष स्थानमा छन् ।

भारतका सूर्यकुमार यादव दोस्रो तथा इंग्ल्याण्डका पिल्ट साल्ट तेस्रो स्थानमा रहेका छन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्