सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
नवलपुर : सिन्धुपाल्चोकमा जारी चौथो संस्करणको मालिका देवी कप खुला सेभेन 'ए' साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने टोलीको छिनोफानो भएको छ ।
सुकुटे युवा जागरण मञ्च, राई एफसी, वारियर्स एफसी, सुनकोशी 'बी'चौतारा स्पोर्टिङ क्लब, पोखरा युवा समाज, रोयल फेमिली र धार्पा युवा क्लब क्वाटर फाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा स्याउले टिम सिल्डलाई २–१ गोल अन्तरले पराजित गर्दै वारियर एफसी क्वाटर फाइनलमा पुगेको हो ।
त्यस्तै सुनकोशी बी साँगाचोक युथ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो । चौतारा स्पोर्टिङ क्लब पनि सिंहमती युवा क्लबलाई ३–० ले पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको छ ।
रानीटार युवा क्लबलाई ३–० गोल अन्तरले हराउँदै रोयल फेमिली पनि क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
अब भोलि बिहिवार हुने क्वाटर फाइनलमा सुकुटे युवा जागरण मञ्च र राई एफसी, वारियर्स एफसी र सुनकोशी 'बी' चौतारा स्पोर्टिङ क्लब र पोखरा युवा समाज तथा रोयल फेमिली र धार्पा युवा क्लब बीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका सचिव सबिन दंगालले जानकारी दिए ।
कार्तिक १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ७७ हजार सात सय ७७ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता मेलचौर युवा जागरण समाज चौताराको आयोजनामा सोमबारदेखि सुरु भएको हो ।