ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नयाँ प्रशिक्षक खोज्दै भारतीय क्रिकेट

शनिबार, वैशाख २९, २०८१

काठमाडौँ :भारतीय क्रिकेट बोर्ड बीसीसीआई पुरुष क्रिकेटको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गर्ने भएको छ । मुख्य प्रशिक्षक राहुल द्रबिटको कार्यकाय आगमी जुन महिनामा सकिनै लाग्दा बीर्आसीसीले नयाँ प्रशिक्षक ल्याउन लागेको हो ।

बीसीसीआई सचिव जय शाहका अनुसार केहि दिन भित्रै भारतीय मुख्य प्रशिक्षकका लागि आबेदन खुला गर्ने तयारी छ । राहुल द्रविडले विश्वकपसम्मको म्याद थप्ने कुरामा विश्वस्त देखिएपनि अन्तिम समयमा बीआईसीले नयाँ प्रशिक्षकका लागि आबेदन माग्न लागेको हो ।

वर्तमान प्रशिक्षकको कार्यकाल समाप्त भएपछि मात्र मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेपछि गत बर्ष चर्को आलोचना खेपेको बीआईसीसीले यस पटक त्यस्तो गल्ति दोहोर्याउने छैन । टी–२० बिश्वकपमा भारत यसपटक नयाँ प्रशिक्षकका साथमा जाने तयारी छ  ।

राहुल द्रविडको कार्यकाल जुनमा सकिँदैछ । यदि नयाँ प्रशिक्षकमा उनी पुनः आवेदन दिन चाहन्छन् भने उसले दिन सक्ने बिसीसीआईले भनेको छ । द्रबिट पनि भारतीय टोलीमा निरन्तरता दिन चाहान्छन् । शाहले नयाँ मुख्य प्रशिक्षकलाई सन् २०२७ सम्म जिम्मेवारी दिने खुलासा गरेका छन् । उही नयाँ प्रशिक्षकले एकदिवसीय विश्वकपसम्मको जिम्मेवारी समेत सम्हाल्नु पर्नेछ । 


 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्