सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : यू–१९ महिला टी–२० विश्वकपको एशिया छनोटका .लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी बुधवार पूजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपालले आगामी कात्तिक २१ गते थाइल्याण्ड, २२ गते कुवेत र २४ गते यूएईसँग खेल्ने तालिका छ । नेपालले कात्तिक २५ गते थाइल्याण्ड, २७ गते कुवेत र २८ गते यूएईसँग फेरि खेल्नेछ ।
समूहको शीर्ष स्थानमा रहने टोलीले विश्वकपमा स्थान सुरक्षित गर्नेछ । उक्त छनोट प्रतियोगितामा आयोजक यूएईसँगै नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । -यस्तो छ नेपाली टोली : पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, एलिसाकुमारी यादव (विकेटकिपर), कृश्मा गुरुङ, मनिषा उपाध्याय, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी र तृष्णा विक ।