ADD FOR WEBSIDE ADD FOR WEBSIDE
एसियन कप छनोट

जापानसंग नेपाल ९–२ गोलले पराजित

बिहीबार, कात्तिक ८, २०८१

काठमाडौँ : यु–१७ एफसी एसियन कप छनोटमा नेपाल जापानसँग फराकिलो अन्तरले पराजित भएको छ ।

कतारको दोहास्थित  हमद बिन खालिफा स्टेडियमा बुधवार राती भएका खेलमा नेपाल जापानसंग ९–२ गोलले पराजित भएको हो । खेलको १२ औँ मिनेटमा नेपालका सबिन कुमार मगरको गोलबाट नेपालले अग्रता बनाएपनि त्यसपछि लगातार जापान नेपाल विरुद्ध आक्रमक बन्यो ।

जापानका लागि दाइची तानीले सर्वाधिक ४ गोल गरे । हिरोतो असाडाले ३ तथा  मिबुकी कासाइ र काइजी चोननले एक- एक गोल गरे । विज्ञान खड्काले ८८ औँ मिनेटमा नेपालका लागि दोस्रो गोल फर्काए ।

समूह चरणको पहिलो खेलमै नेपाल साबिक विजेता जापानसँग पराजित भएको हो ।

जापानले १९९४, २००६, २०१८ र २०२३ मा उपाधि उचालेको थियो ।  चारपटकको उपाधि बिजेतासंग जित निकाल्न नेपालका लागि सहज थिएन ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०६:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरटीले चर्च ब्वाईजलाई हरायो
बिहीबार, कात्तिक ८, २०८१

संकटाले मछिन्द्रलाई हरायो 
बिहीबार, कात्तिक ८, २०८१