सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : वेष्टइण्डिज विरुद्धको एक दिवशीय सिरिज एक खेल अघिनै श्रीलंकाले जितेको छ ।
गएराती भएको खेलमा वेष्टइण्डिजलाई ५ विकेटले हराउँदै श्रीलंकाले सिरिज २-० ले जितेको हो । जितकालागि पाहुना टोलीले दिएको १९० रनको लक्ष्य श्रीलंकाले ३४ बल बाँकी छदैँ भेटायो ।
उसको जितमा कप्तान चारित आशालान्काले सर्वाधिक ६२ रन जोडे । निशान मदुस्का र सदिराले समान ३८-३८ रन जोडे ।
त्यसअघि पल्लेकेले अन्तराष्ट्रि क्रिकेट रंगाशालामा टस हारेर पहिले ब्याटिङमा तानिएको वेष्टइण्डिज ३६ ओभरमा अलआउट हुँदै १८९ रनमा समेटियो ।
शेर्फेन रदरफोर्डले सर्वाधिक ८० तथा गुडाकेश मोतीले ५० रन जोडेपनि जित निकाल्न सकेन । बर्षाका कारण खेल ४४ ओभरमा छोटाईएको थियो ।
पहिलो खेलमा पनि वेष्टइण्डिज ५ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ ।