HOLI HOLI

फाइनल पुग्न नेपालले भारतको सामना गर्ने

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ : साफ महिला च्याम्पियनसिप फुलबलको फाइनल प्रवेशकालागि नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

समुह चरणको अन्तिम खेलमा श्रीलंकामाथि ६–० को जित निकाल्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । नेपाल र भारतको भिडन्त त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा आइतवार साँझ ६ः३० बजे हुनेछ । फाइनल पुग्न नेपाललाई भारत बाधक बन्न सक्छ ।

पाँच पटकको विजेता भारत नेपाललाई हराउँदै फाइनल पुग्न चाहान्छ । नेपाललाई घरेलु मैदानमा भारतलाई हराउने सुनौलो अवसर पनि छ ।

पहिलो सेमिफाइनलमा आइतवार दिउँसो १ः३० बजे बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला फुटबल वरियतामा नेपालको फड्को
शुक्रबार, कात्तिक ९, २०८१

'बी' डिभिजन लिगको तयारी पूरा
शुक्रबार, कात्तिक ९, २०८१

एपिएफ महिला गोल्ड कपको फाइनलमा
शुक्रबार, कात्तिक ९, २०८१