HOLI HOLI

मालिकादेवी कप : उपाधिका लागि सुनकोशी 'बी' र धार्पा भिड्ने

शुक्रबार, कात्तिक ९, २०८१

नवलपुर : चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ए साइड फुटबलको उपाधिका लागि सुनकोशी 'बी' र धार्पा युथ क्लब बीच प्रतिस्पर्धा हुने भएको छ ।

दुबै टोलीले बिपक्षी टिमलाई पेनाल्टीमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।  फाइनल प्रवेशका लागि भएको पहिलो खेलमा राई बोइज एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै सुनकोशी 'बी' फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी मार्फत निर्णय लिन परेको थियो । 

62443b13-1874-4566-ac45-664ea1ff330c-1729857245.jpeg

आजै भएको दोस्रो सेमिफाइनलमा चौतारा स्पोर्टिङ क्लबलाई पेनाल्टीमै ४–३ गोलले पराजित गर्दै धार्पा युवा क्लब फाइनल प्रवेश गरेको छ ।

उक्त खेलमा पनि निर्धारित समयमा कुनै टोलीले गोल गर्न नसकेपछि खेल ट्राइ ब्रेकरमा धकेलिएको थियो । ट्राइ ब्रेकरमा चौतारालाई पछि पार्दै धार्पाले सुनकोशी  बी' सँगको फाइनल भिडन्त पक्का गरेको हो । 

43cc27ae-5185-42a3-a017-e2cab4108925-1729857206.jpeg

फाइनल खेल भोलि हुने आयोजकले जनाएको छ ।  विजेताले एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला फुटबल वरियतामा नेपालको फड्को
शुक्रबार, कात्तिक ९, २०८१

'बी' डिभिजन लिगको तयारी पूरा
शुक्रबार, कात्तिक ९, २०८१

एपिएफ महिला गोल्ड कपको फाइनलमा
शुक्रबार, कात्तिक ९, २०८१