ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आर्एपिएल :

गुजरातले चेन्नेइलाई दियो २३२ रनको लक्ष्य 

गिल र सुदर्शनको किर्तिमानी साझेदारी
शुक्रबार, वैशाख २८, २०८१

काठमाडौँ : शुभमन गिल र साई सुदर्शनले बिस्फोटक ब्याटिङ गर्दै किर्तिमानी साझेदारी गरेपछि इंडियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गुजरात टाईटन्सले चेन्नेई सुपर किङ्ग्ससामु २३२ रनको लक्ष्य दिएको छ ।

नरेन्द्र मोदी स्टेडियम अमहदाबादमा टस हारेर पहिले ब्याटिङमा तानिएको गुजरातले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३१ रन बनाएको हो । गुरातकाको उच्च स्कोर बनाउन दुबै जनाले शतकीय पारी खेले ।  कप्तान गिलले सर्बाधिक १०४ तथा सुदर्शनले १०३ रन जोडे ।

गिल र सुदर्शनले २१० रनको साझेदारी गरे । आर्एपिएल क्रिकेटमा यी दुबैले  बनाएको यो नै अहिले सम्मकै ठूलो साझेदारी हो । ५५ बलको सामना गरेका गिलले ९ चौका र ६ छक्का प्रहार गरे । ५१ बलको सामना गरेका सुदर्शनले ५ चौका र ७ छक्का प्रहार गरे । प्लेअफमा पुग्न दुबै टोलीमाथि जित्नै पर्ने दबाब छ ।


 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्