सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : पाकिस्तानलाई हराउँदै श्रीलंका ‘ए’ एसीसी पुरुष टी–२० इमर्जिङ टिम्स एसिया कपको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै श्रीलंका फाइनलमा पुगेको हो । जितकालागि पाकिस्तानले दिएको १३६ रनको लक्ष्य श्रीलंकाले १६.३ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । श्रीलंकाको जितमा आहान विक्रमासिंघे अविजित रहँदै सर्वाधिक ५२ रन बनाए । लाहिरु उदाराले ४३ रन बनाए ।
त्यसअघि ओमानको अलअमिरात अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३५ रन बनाएको थियो । पाकिस्तानकालागि ओमेर युसुफले सर्वाधिक ६८ रन बनाए । हैदर अलीले १४ तथा मोहम्मद इमरानले १३ रन जोडे । दोस्रो सेमिफाइनलमा आजै भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।