HOLI HOLI
यु–१७ एसियन कप छनोट

कतारसंग नेपालले ५ गोल खायो 

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ : एएफसी यु–१७ एसियन कप छनोट फुटबलमा नेपालले दोस्रो हार ब्यहोरेको छ ।

दोहाको एसपायर एकेडेमी पिचमा शुक्रवार राती भएको खेलमा नेपाल घरेलु टोली कतारसंग ५–० गोलले पराजित भएको हो । पहिलो हाफमा दुई शुन्यले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खान पुग्यो । खेलको २१ औँ र ४५ औँ मिनेटमा गोल खाएको नेपालले दोस्रो हाफको ५५,६६ र ८३ मिनेटमा थप गोल खाएको हो ।

बुधबार भएको पहिलो खेलमा नेपाल जापानसँग ९–२ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । कतारले भने प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

पहिलो खेलमा उसले मंगोलियालाई २–० ले पराजित गरेको थियो । नेपालले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन ।

नेपालले सन् २०००, २००६ र २०१६ मा यो प्रतियोगिता खेलेको थियो । सहभागि ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  २२:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला फुटबल वरियतामा नेपालको फड्को
शुक्रबार, कात्तिक ९, २०८१

'बी' डिभिजन लिगको तयारी पूरा
शुक्रबार, कात्तिक ९, २०८१

एपिएफ महिला गोल्ड कपको फाइनलमा
शुक्रबार, कात्तिक ९, २०८१