सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
एजेन्सी : भारतीय खेलाडी मनिका बत्रा विश्व टेबल टेनिस च्याम्पियनसिपको क्वाटरफाइनलमा पुग्ने पहिलो भारतीय खेलाडी बनेकी छन् ।
बत्राले रोमानियाकी बर्नाडेट जोक्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेकी हुन् । विश्व नम्बर ३० बत्राले राउण्ड अप १६ को खेलमा आठौं वरियताकी जोक्सलाई २९ मिनेटमा ३–१ (११–९, ६–११, १३–११, ११–९) ले पराजित गरेकी हुन् ।
विश्व टेबलटेनिस च्याम्पियनसिप फ्रान्समा हुँदैछ ।
सोही प्रतियोगितामा उनले महिला युगलमा रजत र मिश्रित युगलमा कास्य पदक पनि जितेकी छन् ।