सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : भारतले १२ बर्षपछि घरेलु मैदानमा भएको टेस्ट सिरिजमा पराजय भोगेको छ ।
पहिलो खेलमा ८ विकेटले पराजित भएको भारत आज भएको दोस्रो खेलमा न्युजिल्याण्डसंग ११३ रनले पराजित भएको हो । योसँगै पाहुना टोली न्युजिल्याण्डले सिरिजमा २–० को अग्रता लिएको छ । २०१२ पछि भरतले लगातार १८ वटा घरेलु शृंखलामा जित निकालेको छ । न्यूजिल्याण्डले पहिलो पटक भारतलाई घरेलु मैदानमा टेष्ट सिरिजमा पराजित गरेको हो ।
पुणेमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डलले दोस्रो इनिङ्समा २५५ रन बनाएर भारतीय टोलीलाई जितका लागि ३५९ रनको लक्ष्य दिएको थियो । उसकालागि कप्तान टम लाथमले सर्वाधिक ८६ रनको योगदान गरे ।
ग्लेन फिलिपले अविजित ४८ रन बनाउँदा वेल योङले २३ रन जोडे । जवाफी ब्याटिङमा उत्रिएको भारतले २४५ रन मात्र बनाउन सक्यो । दोस्रो इनिङ्समा भारतका लागि यशस्वी जैसवालले सर्वाधिक ७७ रन जोडे ।
रविन्द्र जडेजाले ४२ तथा शुभमन गिलले २३ रन बनाए । भारतलाई सस्तेमा समेट्ने क्रममा न्यूजिल्याण्डका स्पिन मिचेल सेन्टनरले ६ विकेट लिए ।
शृंखलाको तेस्रो र अन्तिम टेस्ट नोभेम्बर १ बाट मुम्बईमा हुनेछ ।