सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
नवलपुर: चौथो संस्करणको मालिकादेवी कपको उपाधी धार्पा युथ क्लबले हात पारेको छ ।
आज शनिवार भएको फाइनल खेलमा सुनकोशी बी लाई ३–० गोलले पराजित गर्दै धार्पाले उपाधी हात पारेको हो । मेलचौर युवा जागरण समाज चौताराको आयोजनामा कर्तिक ५ बाट सुरु भएको खुल्ला सेभेन 'ए' साइड फुटबल प्रतियोतिाको सेमिफाइनलमा चौतारा स्पोर्टिङ क्लबलाई पेनाल्टीमा ४–३ गोलले पराजित गर्दै धार्पा फाइनल पुगेको थियो ।
राई ब्वइज एफसीलाई पेनाल्टीमै ४–३ ले पराजित गर्दै सुनकोशी 'बी' फाइनल पुगेको थियो । धार्पाले उपाधी सहित एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाएको छ ।
उपविजेतामा सिमीत सुनकोशीले ७७ हजार ७ सय ७७ रुपैयाँमा चित्त बुझाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी धार्पाका सागर तामाङ घोषित भए । सर्वाधिक गोलकर्ता सिएससिका सन्दीप कार्की, उत्कृष्ट मिडफिल्डर धार्पाकै सुमन श्रेष्ठ, उत्कृष्ट गोल रक्षक सुनकोशीका आदेश शिवाकोटी चुनिए ।
शिवाकोटी फाइनल खेलको उत्कृष्ट खेलाडी समेत घोषित भए ।
उत्कृष्ट डिफेन्डर सुनकोशीकै भृगात किरण सिंह, उत्कृष्ट प्रशिक्षक धार्पाका सागर लामा र टिम फेयर प्ले राई एफसी घोषित भए ।