ADD FOR WEBSIDE ADD FOR WEBSIDE

ललितपुर मेयर कप आजदेखी, ललितपुर मेयर–११ र बागमती भिड्ने

शनिबार, वैशाख २९, २०८१

काठमाडौँ : ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा शनिबार हुने उद्धाटन खेलमा ललितपुर मेयर ११ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टोली बीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ । चौथो संस्करणमा ललितपुर मेयर ११ ,सशस्त्र प्रहरीको एपिएफ, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र  कोशी प्रदेशी गरी पाँच टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको शिर्ष दुईमा पुग्ने टोली फाईनलमा पुग्ने छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०५:३०
प्रतिक्रिया दिनुहोस्