सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।
आज (आइतवार ) भएको आफ्नो पहिलो खेलमा मद्येश प्रदेशलाई ९ विकेटले हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो । जितकालागि मद्येशले दिएको ८३ रनको झिनो लक्ष्य गण्डकीले १८.२ ओभरमा मात्र १ विकेटको क्षतिमा भेटायो ।
उसको जितमा सोहिल कुँवरले नटआउट ३४ रनको योगदान गरे । कप्तान अर्जुन कुमालले २४ तथा करण पंगेनीले ९ रन बनाए । त्यसअघि गिरिजा प्रसाद कोईराला रंगाशालामा टस जितेर पहिले ब्याटिङ थालेको मद्येश ३५.३ ओभरमा अलआउट हुँदै ८२ रन मात्र जोड्न सक्यो ।
उसकालागि जितेश मण्डलले सर्वाधिक ३२ रनको योगदान गरे ।निरज कुमार यादबले १८ तथा मयन यादवले १३ बनाएपनि अन्य कुनैपनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
मद्येशलाई सस्तैमा समेट्ने क्रममा अप्रजित पौडेलले सर्वाधिक ५ विकेट लिए । अश्विन थापाले दुई तथा किरण भट्टराई,सिब्रिन श्रेष्ठ र सुदीप अर्यालले एक एक विकेट लिए ।
मद्येशको यो पहिलो हार हो । शनिवार भएको पहिलो खेलमा मद्येशले कोशीलाई २२ रनले हराएको थियो ।