ADD FOR WEBSIDE ADD FOR WEBSIDE
साफ महिला च्याम्पियनसिप

पेनाल्टीमा भारतलाई हराउँदै नेपाल फाइनलमा 

आइतबार, कात्तिक ११, २०८१

काठमाडौँ :भारतलाई हराउँदै नेपाल काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतवार साँझ भएको तनावपूर्ण खेलमा दुवै टोली एक एकको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको हो । पेनाल्टी सुटआउटमा भारतलाई नेपालले   ४–२ ले  पराजित गरेको हो । भारतकालागि पेनाल्टी प्रहार गर्न आएका असलता देबीको प्रहार पोष्टमा लागेर बाहिरिएको थियो । भने अर्को गोल अन्ञना रानामगरले बचाएपछि नेपालको पक्षमा निर्णय आएको हो ।

 नेपालको जितमा साबित्रा भण्डारी ,गिता राना,सबिता राना मगर र अमिषा कार्कीले पेनाल्टीमा गोल गरिन् ।

खेलको ६४ औं मिनेटमा भारतले नेपालको पोष्टमा गोल गर्दै नेपालविरुद्ध १–० को अग्रता बनाएको थियो । त्यसअघि नेपालकी रेखा पौडेलले दोहोरो पहँलो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित बनेको थियो ।

त्यसको केहि मिनेटमै नेपालकी प्रिती राईले गरेको प्रहार सिधै भारतको पोस्टमा जाली चुमेको थियो । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि नेपालले खेल नखेल्ने अडान लिएको थियो ।

उक्त गोलको समयमा भारतीय खेलाडीहरु खुसीयाली मनाईरहेकाले मैदानमा भने थिएनन् । नेपाली खेलाडीहरुले खेल्न नमान्दा १ घण्टा बढी समय खेल अवरुद्ध बनेको थियो । अवरुद्ध खेल सुरु हुनेवित्तिकै नेपालकी साबित्रा भण्डारी साम्बाले बराबरी गोल फर्काएपछि नेपाली दर्शकमा उत्साह छाएको थियो ।

गोलपछि साम्बाले जर्सी खोलेर खुसी मनाउँदा उनले पहेँलो कार्ड खान पुगिन् ।  निर्धारित समय र थपिएको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको हो । 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  २१:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरटीले चर्च ब्वाईजलाई हरायो
आइतबार, कात्तिक ११, २०८१

संकटाले मछिन्द्रलाई हरायो 
आइतबार, कात्तिक ११, २०८१