ADD FOR WEBSIDE ADD FOR WEBSIDE

९८ रन बनाउँदा नेपालको पहिलो विकेट गयो ,आशिफ शेख ५२ रनमा आउट

आइतबार, कात्तिक ११, २०८१

काठमाडौँ : आएसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एक दिवशीय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ ।

डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ थालेको नेपालले १५.४ ओभरको खेल चलिरहँदा १ विकेटको क्षतिमा ९८ रन बनाएको छ ।

ओपनिङमा आएका आशिफ शेख र अनिल शाहको जोडी जम्दा नेपालले ९८ रन पुरा गरेको गरेको हो । शेखले अर्ध सतक प्रहार गरेका छन् ।  ५३ बल खेलेका उनले ७ चौका र एक छक्का प्रहार गर्दै ५२ रन बनाए ।

अनिल र शेखले पहिलो विकेटकालागि ९८ रनको साझेदारी गरे । शेख आउट हुँदा अनिलले ४४ रन बनाएका थिए ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  २२:३१
प्रतिक्रिया दिनुहोस्