ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल:

आईपिएलको प्लेअफ रेस रोमाञ्चक बन्दै, गुजरातले चेन्नइलाई हरायो 

शनिबार, वैशाख २९, २०८१

काठमाडौँ : ईण्डियन प्रिमियर लिग (आईपिएल)मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियम अमहदाबादमा शुक्रबार राती भएको खेलमा गुजरातले चेन्नईमाथि ३५ रनको जित निकालेको हो ।

जितकालागि गुजरातले दिएको २३२ रनको लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रनमा समेटियो । उसकालागि  डेरिल मिचेल र मोईन अलीले अर्धसतकिय पारी खेलेपनि जित दिलाउन भने सकेनन् ।मिचेलले ६३ तथा अलीले ५६ रन जोडे ।

ipl-sportshub2-1715383880.jpg

त्यस अघि टस हारेर पहिले ब्याटिङमा तानिएको गुजरातले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३१ रन बनाएको थियो । गुजरातको उच्च स्कोर बनाउन साई सुदर्शन र शुभमन गिलले शतकीय पारी खेले ।  कप्तान गिलले सर्बाधिक १०४ तथा सुदर्शनले १०३ रन जोडे । गिल र सुदर्शनले २१० रनको साझेदारी गरे । आर्एपिएल क्रिकेटमा  यो नै अहिले सम्मकै ठूलो साझेदारी समेत हो । गिल–सुदर्शन आईपीएल खेलको एक इनिङ्समा शतक बनाउने तेस्रो जोडी समेत बनेका छन् ।

sportshubnew1-1715383779.jpg

त्यसअघि, २०१९ मा सनराईजर्स हैदराबाद र रोयल च्यान्जर्स बैङलुरुको खेलमा  डेभिड वार्नर र जोनी बेयरस्टोको ओपनिङ जोडीले हैदरावादका लागि खेल्दा शतकीय पारी खेलेका थिए। उक्त खेलमा बेयरस्टोले ५६ बलमा ११४ रन बनाएका थिए भने वार्नरले ५५ बलमा १०० रन बनाएका थिए ।

यहि खेलमा गुजरातका सुदर्शनले सचिन तेन्दुलकरको १४ वर्ष पुरानो कीर्तिमान समेत तोडेका छन् । आईपीएलको इतिहासमा सबैभन्दा छिटो एक हजार रन पूरा गर्नेमा सचिन तेन्दुलकरलाई उनले पछि पारेका छन् । तेन्दुलकरले सन् २०१० मा ३१ इनिङ खेलेर एक हजार रन पूरा गरेका थिए । जसमा उनको औसत ३४.८ थियो । सुदर्शनले मात्र २५ इनिङ्समा एक हजार रन पूरा गर्दै उक्त किर्तिमानी आफ्नो नाममा लेखाएका हुन् ।

ipl-sportshubnews.com-1715356199.jpg

यो जितसँगै गुजरातले प्लेअफको सम्भावना जीवितै राखेको छ । चेन्नईको पराजयसँगै प्लेअफको दौड भने थप रोमाञ्चक बनेको छ । गुजरातको यो जितले रोयल च्यालेन्जर्स बैङलुरुको प्लेअफमा पनि जीवितै बनेको छ ।  जितसंगै अंक-तालिकाको पुछारमा रहेको गुजरात आँठौ स्थानमा उक्लिएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्