सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एक दिवशीय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध २८७ रनको लक्ष्य दिएको छ ।
डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सवै विकेट गुमाएर २८६ रन बनाएको हो ।
नेपालकालागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाए । ७५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । अन्तिम बलमा चौका प्रहार गर्न बोल्ड भएपछि उनी दोस्रो अन्तराष्ट्रिय सतक बनाउन चुके ।
अनिल शाहले ५६ तथा आशिफ शेखले ५२ रन जोडे । आरिफ शेखले ३७,दिपेन्द्र सिं ऐरीले १३,कुशल भुर्तेलले ११ रन जोडे । ओपनिङमा आएका आशिफ शेख र अनिल शाहको जोडीले पहिलो विकेटकालागी ९८ रनको साझेदारी गरेका थिए ।