ADD FOR WEBSIDE ADD FOR WEBSIDE
विश्वकप लिग टु

अमेरिकासंग नेपाल ३ विकेटले हार्‍यो

सोमबार, कात्तिक १२, २०८१

काठमाडौँ : आइसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एक दिवशीय सिरिजको आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासंग पराजित भएको छ ।

आज बिहान सकिएको खेलमा नेपाल अमेरिकासंग ३ विकेटले पराजित भएको हो । जितकालागि नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले दुई बल बाँकी छँदै ७ विकेटको क्षतिमा भेटायो ।

उसको जितमा शायन जहाँगीरले शतक प्रहार गर्दैै सर्वाधिक १०४ रन जोडे । कप्तान मोनांक पटेलले ६२ तथा हरमित सिंले ५७ रन बनाए ।

त्यसअघि डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सवै विकेट गुमाएर २८६ रन बनाएको थियो  ।

नेपालकालागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाए । ७५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । अन्तिम बलमा चौका प्रहार गर्न  खोज्दा बोल्ड भएपछि उनी दोस्रो अन्तराष्ट्रिय सतक बनाउन चुके ।

अनिल शाहले ५६ तथा आशिफ शेखले ५२ रन जोडे । आरिफ शेखले ३७,दिपेन्द्र सिं ऐरीले १३,कुशल भुर्तेलले ११ रन जोडे । ओपनिङमा आएका आशिफ शेख र अनिल शाहको जोडी ले पहिलो विकेटकालागी ९८ रनको साझेदारी गरेका थिए । 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्