ADD FOR WEBSIDE ADD FOR WEBSIDE

क्षमता भन्दाबढी दर्शक हुलेपछि फाइनल खेलको टिकट बिक्रि रोकियो

मंगलबार, कात्तिक १३, २०८१

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिनको फाइनल खेलको टिकट बितरण बन्द गरेको छ ।

आइतवार भएको नेपाल र भारतबीचको खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले तत्कालकालागि टिकट बितरण रोकेको हो । १५ हजार दर्शक क्षमताको रंगाशालामा हिजो १६ हजार भन्दा बढी दर्शक थिए ।

नेपाल र बंगालादेशबीचको फाइनल खेल आगामी कात्तिक १४ गते बुधबार साँझ साँढे ६ बजे त्रिपुरेश्वर, स्थित दशरथ रंगशाला हुनेछ । एन्फाले नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो ।

एन्फाले  टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सोधपुछ भइरहेको जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल सुपर लिगको तेस्रो सिजन चैतमा 
मंगलबार, कात्तिक १३, २०८१

एनआरटीले चर्च ब्वाईजलाई हरायो
मंगलबार, कात्तिक १३, २०८१

प्रिमियर लिग फुटबलमा आज ६ खेल हुँदै
मंगलबार, कात्तिक १३, २०८१

संकटाले मछिन्द्रलाई हरायो 
मंगलबार, कात्तिक १३, २०८१