सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : रंगाशालामा दर्शकको क्षमता भन्दा बढी टिकट बेचेपछि अखिल नेपाल फुटबल संघ एन्फाले अनलाईन टिक टिकट बिक्रिमा रोक लगाएको छ ।
(एन्फा)ले साफ महिला च्याम्पियनसिनको नेपाल र बंगालादेशबीच हुने फाइनल खेलको टिकट बितरण आईतवार अनिश्चितकालका लागि बन्द गरेको थियो । एन्फाले आज फाइनल खेलको टिकट बिक्रि खुल्ला गरेको जनाएको हो । टिकट भोली बुधवार जावलाखेलबाट बिहान बिहान ८ बजेदेखि भौतिक रुपमै उपस्थित भएर लिनुपर्ने समेत जनाएको छ ।
साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार मात्रै टिकट बिक्रिी हुनेछ । एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै टिकट किन्न पाउनेछन् । खेल हेर्ने दर्शक साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्नु पर्नेछ ।
यसअघि अनलाइनबाट टिकट काटेकाहरुको रकम फिर्ता हुने भएको छ ।
आइतवार भएको नेपाल र भारतबीचको खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले तत्कालकालागि टिकट बितरण रोकेको थियो ।
१५ हजार दर्शक क्षमताको रंगाशालामा १६ हजार भन्दा बढी दर्शक पुगेका थिए ।