ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आयरल्याण्डसंग पहिलो पटक हार्‍यो पाकिस्तान

शनिबार, वैशाख २९, २०८१

काठमाण्डौ : टी–२० क्रिकेटमा आयरल्याण्डले पाकिस्तानबिरुद्ध ऐतिहासिक जित निकालेको छ । बिश्वकपको तयारी स्वरुप आयरल्याण्डको भ्रमणमा रहेको पाहुना टोली पाकिस्तान ५ विकेटले पराजित भएको हो । यसअघि टी–२० क्रिकेटमा आयरल्याण्डले पाकिस्तानलाई हराउन सकेको थिएन ।

पाकिस्तानले दिएको १८३ रनको बिजयी लक्ष्य आयरिस टोलीले १९.५ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । आयरल्याण्डको जितमा एन्डी बालबर्नीले सर्बाधिक ७७ रनको योगदान गरे । ह्यारी टेक्टरले ३६ तथा जर्ज डकरेल २४ रन जोडे ।

त्यसअघि क्यासल एभिन्यू, डब्लिनमा टस हारेर पहिले ब्याटिङमा तानिएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८२ रन नबाएको थियो । उसकालागि कप्तान बाबर आजमले सर्बाधिक ५७ रन जोडे । साइम अयुबले  ४५ रन बनाउँदा इफ्तिखार अहमद ३७ रनमा अविजित रहे । जितसंगै आयरल्याण्डले तीन खेलको श्रृखलामा १-० को अग्रता बनाएको छ । दोस्रो खेल आईतवार हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्