sonam sonam
साफ महिला च्याम्पियनसिप

उपाधि भिडन्त आज ! नेपाल र बंगलादेश कस्ले जित्ला उपाधि ?

बुधबार, कात्तिक १४, २०८१

काठमाडौँ : साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिको छिनोफानो आज हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ६ः३० सुरु हुने खेलमा उपाधिकालागि नेपाल र बंगलादेश भिड्नेछन् । घरेलुटोली नेपाल पहिलो पटक ऐतिहासिक उपाधि उचाल्न चाहन्छ ।

नेपाललाई सन् २०२२ मा घरेलुमैदानमै भएको खेलमा फाइनलमा बंगलादेशसंग भोगेको पराजयको बदला लिने अवसर पनि छ । उक्त खेलमा नेपाल ३–१ ले पराजित भएको थियो । साबिक बिजेता बंगालादेश लगातार दोस्रो पटक उपाधि चुम्ने योजनामा छ । नेपाल पाँच पटकको उपाधि बिजेता भारतलाई हराउँदै फाइनलमा पुगेको हो ।

उक्त सेमिफाइनलमा भारत पेनाल्टीसुटआउटमा ४–२ गोलले पराजित भएको थियो । नेपालले अहिलेसम्म ५ पटक फाइनल पुग्दा पनि उपाधि जित्न सकेको छैन ।


अनलाइनबाट काटेको भिआईपिको रकम फिर्ता हुने, साधारणले अर्को टिक काट्नु नपर्ने :
नेपाल र भारतबीचको सेमिफाइनल खेलमा घटेका घटनाक्रमपछि  नेपाल र बङ्गलादेश बीचको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघले बिक्री गर्ने भएको छ ।

फाइनल खेलको लागि जम्मा ११ हजार टिकट बिक्री गरिने एन्फाले जनाएको छ ।जसमध्ये १० हजार साधारण पारापिटतर्फ र १००० भिआइपी पारापिट तर्फको टिकट रहनेछन् । खेलको टिकटहरू जावलाखेल स्थित जावलाखेल फुटबल खेलमैदान र भद्रकाली स्थित नेपाल आर्मीको गेटमा रहेको काउन्टरबाट बिहान ८ बजेदेखि  लिन सकिनेछ ।

टिकटहरू कुनै पनि अनलाइन माध्यमबाट बिक्री नगरिने एन्फाले स्पष्ट पारेको छ ।  एक व्यक्तिले अधिकतम दुई भिआइपी र पाँच साधारण टिकट खरिद गर्न सक्नेछन् ।  

यसअघि अनलाइन माध्यमबाट किनिएका भिआइपी टिकटको रकम भने फिर्ता गरिने एन्फाले जनाएको छ । साधारण टिकटलाई भने यथावत रूपमा कायम गरिने  छ । 

आइतवार भएको नेपाल र भारतबीचको खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले तत्कालकालागि टिकट बितरण रोकेको थियो ।

१५ हजार दर्शक क्षमताको रंगाशालामा १६ हजार भन्दा बढी दर्शक पुगेका थिए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्