HAPPY NEW YERA HAPPY NEW YERA

नेपालले पायाे १५५ रनकाे लक्ष्य

बुधबार, कात्तिक १४, २०८१

काठमाडौं :आईसीसी  विश्वकप लिग–२ शृंखलाअन्तर्गतकाे दाेस्राे खेलमा स्कटल्याण्डले नेपालसामु जितकालागि १५५ रनकाे चुनौति दिएकाे छ ।

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेयरी स्टेडियममा  टस जितेर नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले बलिङ गर्ने निर्णय लिएपछि  पहिले ब्याटिङ थालेको स्कटल्याण्डले ४१.४ ओभरमा सवै विकेट गुमाउँदै १५४ रन बनायाे ।उसकालागि मार्क वाटले सर्वाधिक ३४ रनको योगदान गरे ।

माइकल जोन्स र कप्तान रिची बेरिंगटनले १९ -१९ रन बनाए । ब्रान्डन म्याकमुलेनले १६ रन जोडे ।

स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।करण केसी ,सोमपाल कामी र गुल्शन झाले समान दुई-दुई विकेट हात पारे ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ००:३०
प्रतिक्रिया दिनुहोस्