ADD FOR WEBSIDE ADD FOR WEBSIDE
साफ महिला च्याम्पियनसिप

घरेलु मैदानमा नेपालको हार ,उपाधि जित्न छैटौ पटक पनि चुक्यो

बुधबार, कात्तिक १४, २०८१

काठमाडौँ : घरेलु टोली नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा चुकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा बुधवार साँझ भएको खेलमा घरेलु टोलीलाई २–१ गोलले स्तब्ध पार्दै बंगालादेशले दोस्रो पटक उपाधि उचालेको हो । बंगालादेशको जितमा मोनिका चक्मा र ऋतु चक्माले एक एक गोल गरिन् ।

नेपालका लागि अमिसा कार्कीले एक गोल गरिन् । नेपाल अहिलेसम्म ६ पटक फाइनल पुग्दा उपाधिबिहिन छ ।

May be an image of 6 people, people playing football, people playing soccer and text

दुवै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेपनि दोस्रो हाफको सुरुवातमै बंगालादेशले नेपालविरुद्ध गोल गर्दै एक शुन्यको अग्रता बनायो ।

त्यसको केहि मिनेटपछि नेपाली अमिशा कार्कीले बराबरी गोल गर्दै खेलमा फर्कियो । त्यसपछि पनि साबित्रा भण्डारीले गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकिनन् ।

खेलको अन्तयतिर पाएको कर्नरकिकमा बंगालादेशले जाली जुमाएको थियो ।

सन् २०२२ मा घरेलुमैदानमै भएको फाइनलमा बंगलादेशले नेपालाई ३–१ ले हराउँदै उपाधि उचालेको थियो । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्