सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्स तर्फ लागेकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको साफ महिला च्याम्पियन्ससीप फुटबलको फाइनल खेल सकिएलगत्तै साम्बा फ्रान्स फर्किएकी हुन् ।
फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै उपाधि जित्न चुकेको थियो । फ्रेन्च महिला शीर्ष डिभिजन लिग डिभिजन वान फिमिनिनेको क्लब एन एभेन्ट गेङगाम्पमा आबद्ध साम्बाले साफमा मात्र तीन खेल खेलेकि थिइन् ।
लिगमा गेङगाम्पले आगामी आइतबार लियोनको सामना गर्दैछ ।