ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सुदुरपश्चिमले गण्डकीलाई ५ विकेटले हरायो 

बिहीबार, कात्तिक १५, २०८१

काठमाडौँ : नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा गण्डकी प्रदशेलाई ५ विकेटले हराउँदै सुदुरपश्चिमले दोस्रो जित निकालेको हो । जितकालागि गण्डकीले दिएको १०३ रनको लक्ष्य सुदुरपश्चिमले २६ ओभरमा ५ विकेटको क्षतिमा भेटायो । आशिष लुहारले सर्वाधिक ३९ रनको योगदान गरे । युवराज खत्रीले नटआउट २७ तथा नरेन साउदले २० रन जोडे ।

त्यससअघि गिरिजा प्रसाद कोइराला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको गण्डकीले ३६.५ ओभरमा सवै विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो ।

उसकालागि कप्तान अर्जुन कुमालले सर्वाधिक ३५ तथा सिर्बान श्रेष्ठले २५ रन बनाए । जितसंगै सुदुरपश्चिम दोस्रो स्थानमा उक्लिएको छ । 


 

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्