सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :सरकारले साफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली टोलीका खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेको छ ।
सरकारले उपविजेता टोलीका प्रत्येक खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।
यस्तै मुख्य प्रशिक्षक र ब्यबस्थापकले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सहायक प्रशिक्षक र चिकित्सकले जनही १ लाख २० हजार रुपैयाँ पाउने छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा घरेलुटोली बंगलादेशसँग २–१ पराजित भएको थियो ।