ADD FOR WEBSIDE ADD FOR WEBSIDE
ईङ्लिस प्रिमियर लिग :

प्रिमियर लिगमा आज आठ खेलहरु हुँदै

शनिबार, वैशाख २९, २०८१

काठमाण्डौँः ईङ्लिस प्रिमियर लिग फुटबलमा शनिवार आठ खेलहरु हुने भएका छन् । लन्डन स्थित क्रेभन कुटेजमा हुने पहिलो खेलमा फुलह्याम र म्यान्चेस्टर सीटीबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुबै टोलीको खेल नेपाल समयअनुसार बेलुकी ५: १५ बजे सुरु हुनेछ । सीटी फुलह्यामलाई हराउदै शिर्ष स्थानमा उक्लने योजनामा छ । राती ८ः४५ बजे अन्य ६ खेलहरु हुनेछन् ।

उक्त समयमा एभर्टन र सेफिल्ड युनाईटेड,वेष्ट ह्याम र लुटन टाउन,बोर्नमाउथ र ब्रेनफोर्डबीच प्रतिस्पर्धा हुने छ ।अर्को खेलमा वुल्भ्स र क्रिस्टल प्यालेस तथा टटनह्याम र वर्नेली आमने सामने हुन लागेका छन् । सोही समयमा न्यूक्यासल र ब्राईटनबी पनि प्रतिस्पर्धा हुनेछ । शनिबारको अन्तिम खेलमा नटिघंम फरेस्ट र चेल्सी आमने सामने हुनेछन् । 

छुटाउनु भयो कि ?

रोमाञ्चक मोडमा पुग्यो प्रिमियर लिगको उपाधि होड
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०९:३९
प्रतिक्रिया दिनुहोस्