मेलम्ची नगर स्तरिय भलिबलको उपाधि उर्गेन क्षेखोर्लिङलाई
मेलम्ची :दोस्रो मेलम्ची नगर स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी उर्गेन क्षेखोर्लिङ गुम्बा टोलीले हात पारेको छ ।
फाइनलमा मेलम्ची ६ तालामाराङलाई पराजित गर्दै गुम्बा टोलीलले उपाधी सहित एक लाख नगद प्राप्त गरेको हो । उपविजेता तालामाराङले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
मेलम्ची नगरपालिका वडा नम्बर १को आर्थिक सहयोग तथा दोस्रो मेलम्ची नगर स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता मुल आयोजक समिती भोटेचौरद्वारा आयोजित प्रतियोगितामा १३ टोलि सहभागी थिए ।
प्रतियोगिताको कार्तिक १३ गते मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले उद्घाटन गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१ १६:२७
प्रतिक्रिया दिनुहोस्