ADD FOR WEBSIDE ADD FOR WEBSIDE
हङकङ सिक्सेज

हङकङ सिक्सेजमा नेपालको विजयी सुरुवात

तीन पटकको च्याम्पियन इंग्ल्याण्ड ६ विकेटले पराजित  
शुक्रबार, कात्तिक १६, २०८१

काठमाडौँ : हङकङ सिक्सेज क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।

आज भएको पहिलो खेलमा पहिलो पटक सहभागिता जनाएको नेपालले तीन पटकको विजेता इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । जितकालागि इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा विना विकेटको क्षतिमा भेटायो ।

नेपालको जितमा कप्तान सन्दीप जोराले बिस्फोटक ब्याटिङ गर्दै  अर्धशतक जोडेपछि रिटायर्ट आउट भएका थिए ।  १२ बलमा अर्धसतक पुरा गरेका उनले ६ छक्का र ३ चौका प्रहार गरेका थिए ।  राशिद खानले ५ बलमा २ चौका र २ छक्काको सहयोगमा नटआउट २१ रन जोडे । लोकश बमले नटआउट २० रन बनाए ।

त्यसअघि मिशन रोड मैदान, मोङ कोकमा टस हारेर पहिले ब्याटिङमा तानिएको इंग्ल्याण्डले निर्धारित १ बल बाँकी छँदै सवै विकेट गुमाएर ९७ रन बनायो । उसकालागि रबि बोप्राले सर्वाधिक ४९ रनको योगदान गरे । १२ बल खेलेका उनले ७ छक्का र एक चौका हिर्काए ।

समित पटेलले ३९ रन बनाउँदा एलेक्स डेभिस र जोर्डन थम्पसनले खाता नै खोल्न सकेनन् । एड बर्नार्डले ५ रन जोडे । बलिङतर्फ प्रतिश जीसीले सर्वाधिक ३ विकेट लिए । विबेक यादबले लोकश बम,नारायण जोशीले एक एक विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्