ADD FOR WEBSIDE ADD FOR WEBSIDE
ललितपुर मेयर कप :

बाग्मति प्रदेश ५२ रनमा अलआउट

शनिबार, वैशाख २९, २०८१

काठमाडौँ :ललितपुर ११ ले धारिलो बलिङ गरेपछि ललितपुर मेयर कप टि–२० महिला क्रिकेटमा बाग्मति प्रदेश ५२ रनमा अलआउट भएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको बामग्मति १४ दशमलब २ ओभर खेल्दै ५२ रनमा अलआउट भएको हो ।

बाग्मतिका लागि कप्तान अश्मिना कर्माचार्यले सर्बाधिक २० तथा कञ्चन श्रेष्ठले ११ रन जोडेपनि अन्य ब्याटरले दाहोरो अंकको रन छुन सकेनन् । खुसी डङ्गोलले ६ ,हेलिसा गुरुङले ५ तथा यशोदा विष्टले २ रन बनाउँदा शबिका यादव र सोनी पाख्रिन,बिपिशा शाही र मनिषा उपाध्यायले खाता नै खोल्न सकिनन् । बाग्मतिलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ कृतिका मरासीनीले सर्बाधिक ४ विकेट हात पारिन् ।

सरस्वती कुमारीले ३ तथा पुजा महत्तोले २ विकेट हात पारिन् । चौथो संस्करणमा ललितपुर मेयर ११ ,सशस्त्र प्रहरीको एपिएफ, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र  कोशी प्रदेशी गरी पाँच टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको शिर्ष दुईमा पुग्ने टोली फाईनलमा पुग्ने छन् ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्