ADD FOR WEBSIDE ADD FOR WEBSIDE

थ्री नेसन्स कपकालागि नेपाली टोलीको घोषणा

शुक्रबार, कात्तिक १६, २०८१

काठमाडौँ : थ्री नेसन्स कप फुटबलकालागि नेपाली टोलीको घोषणा भएको छ ।

राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले किरण चेम्जोङको कप्तानीमा शुक्रवार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलमा नेपालसहित आयोजक ताजिकिस्तान र अफगानिस्तान सहभागि हुनेछन् ।

३६ बन्द प्रशिक्षणमा रहेका ३६ खेलाडीबाट अन्तिम टोलीको घोषणा हो । थ्री नेसन्स कपमा नेपालले पहिलो खेल कात्तिक २८ गते ताजिकिस्तान र मंसिर १ गते अफगानिस्तानसँग खेल्ने तालिका छ ।

यस्तो छ २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोली :

गोलकिपर – किरण चेम्जोङ (कप्तान), दीप कार्की र विशाल सुनार

डिफेन्डर – अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दीप पौडेल, अन्जल महर्जन

मिडफिल्डर – रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरबिन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ

फरवार्ड – जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, निराजन धामी
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल सुपर लिगको तेस्रो सिजन चैतमा 
शुक्रबार, कात्तिक १६, २०८१

एनआरटीले चर्च ब्वाईजलाई हरायो
शुक्रबार, कात्तिक १६, २०८१

प्रिमियर लिग फुटबलमा आज ६ खेल हुँदै
शुक्रबार, कात्तिक १६, २०८१

संकटाले मछिन्द्रलाई हरायो 
शुक्रबार, कात्तिक १६, २०८१