ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले दियो अष्ट्रेलियालाई ११२ रनको लक्ष्य

शनिबार, कात्तिक १७, २०८१

काठमाडौँ :द हङकङ सिक्सेज क्रिकेटमा नेपालले अष्ट्रेलियासामु जितकालागि ११२ रनको लक्ष्य दिएको छ ।

मिशन रोड मैदान, मोङ कोकमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनायो ।

नेपालकालागि कप्तान सन्दीप जोराले अर्धसतक प्रहार गर्दै रिटायर्ट आउट भए । १६ बल खेलेका उनले ५ चौका र ६ छक्का प्रहार गरे ।

लोकेश बमले ३३ तथा बिबेक यादब र राशिद खानले १२ रन जोडे । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्