ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले आज स्कटल्याण्डसंग खेल्दै

सोमबार, कात्तिक १९, २०८१

काठमाडौँ : आइसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डसंग खेल्दैछ ।

अमेरिकाको डालासमा आज राती सवा १० बजे हुने खेलमा नेपाल दोस्रो जित निकाल्न चाहान्छ । यसअघि अमेरिकासंग खेलेका दुवै खेलमा हार भोगेको नेपालले स्कटल्याण्डलाई एक पटक पराजित गरिसकेको छ ।  

जारी लिगमा अमेरिका १६ अंकसहित शिर्ष स्थानमा छ । खेलका १२ खेलमा ८ मा जित र ४ खेलमा पराजय भोगेको छ । समान अंकको क्यानाडा दोस्रो तथा १३ अंकको स्कटल्याण्ड तेस्रो स्थानमा छ ।

१२ अंकको नेदरल्याण्डस् चौथो स्थानमा रहँदा १० अंक सहित मामिबिया पाँचौ स्थानमा छ । ओमान ८ अंकसहित छैटौ तथा ५ अंकको नेपाल सातौँ स्थानमा छ । युएइ अंक तालिकाको पुछारमा छ ।

त्रिकोणात्मक एक दिवशीय सिरिजमा नेपाल,अमेरिका र स्कटल्याण्ड सहभागि छन् ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्