सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : भारत विरुद्धको टेस्ट न्युजिल्याण्डले ह्वाइटवाश गरेको छ ।
भारतीय क्रिकेट इतिहासमा पहिलो पटक घरेलु मैदानमा भएको तीन खेलको टेष्ट शृंखलामा घरेलुटोलीलाई न्युजल्याण्डले ह्वाइटवाश गरेको हो । सिरिजमा भारतले ०–३ ले हार बेहोरेको थियो ।
लज्जास्पद हारपछि भारतीय विकेटकिपर ब्याट्सम्यानले सन्यासको घोषणा गरेका छन् ।बंगालका लागि रणजी ट्रफी खेलिरहेका भारतका स्टार विकेटकिपर ब्याट्सम्यान ऋद्धिमान साहाले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका छन् । यसपटक आफ्नो करियरको अन्तिम रणजी सिजन खेलिरहेको साहले बताए । उनले सन् २०२१ मा भारतकालागि लागि अन्तिम खेल खेलेका थिए ।
पूर्व कप्तान एमएस धोनीले सन्यास लिएपछि साहालाई केही समयका लागि भारतीय टेस्ट टोलीको स्थायी विकेटकीपरको रूपमा हेरिएको थियो । तर, २०२१ मा भारतीय टोली व्यवस्थापनले साहालाई टोलीबाट हटाउने निर्णय गरेपछि ऋषभ पन्तको ब्याकअपका रूपमा केएस भरतलाई छनोट गरियो।
तर, अहिले भरत पनि भारतकोे सेटअपबाट लगभग बाहिर गइसकेका छन् । आजकल ध्रुव जुरेललाई टेस्टमा भारतीय टोलीमा पन्तको ब्याकअपको रुपमा हेरिएको छ ।