सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज लुम्बीनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुदैँछ ।
यी दुइ टोलीबीचको फाइनल खेल बिहान ९ बजे गिरिजाप्रसाद कोइराला क्रिकेट रंगाशाला बिराटनगरमा हुनेछ । लुम्बीनी र सुदूरपश्चि प्रदेश अंक तालिकाको शिर्ष दुइमा रहँदै फाइनलमा भेट पक्का गरेको हो ।
समूह चरणको अन्तिम खेलमा मंगलवार लुम्बिनी प्रदेश मधेश प्रदेशसँग एक विकेटले पराजित भएको थियोे । हारका बाबजुद लुम्बिनी ६ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।
लुम्बिनीले दिएको ७१ रनको लक्ष्य मधेशले २७ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । मधेशका लागि मायन यादवले २२ रन जोडे । लुम्बिनीका लागि रमेश कुर्मीले चार, सन्तोष यादवले तीन र निर्मल गुरुङले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरमा सबै विकेट गुमाउँदै ७० रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि समीर अली मुसमानले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मधेशका लागि अभिषेक तिवारीले सर्वाधिक ५ विकेट लिए । यसैगरी रञ्जित कुमारले दुई तथा रोहन साह, अफ्रुदिन राइन र निरज रायले समान एक विकेट लिए ।