ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेदरल्याण्ड्सविरुद्ध ओमानको ऐतिहासिक जित 

मंगलबार, कात्तिक २०, २०८१

काठमाडौँ : आइसीसी विश्वकप लिग टु मा ओमानले नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक जित निकालेको छ ।

मंगलवार आज  भएको खेलमा ओमानले नेदरल्याण्डस्लाई ८ विकेटको फराकिलो अन्तरले हराउएको हो । एकदिवशीय क्रिकेटमा  नेदरल्यान्ड्समाथि ओमानले यो पहिलो जित पनि हो ।

जितकालागि नेदरल्याण्डस्ले दिएको १३३ रनको लक्ष्य ओमानले ३४.१ ओभरमा मात्र दुई विकेटको क्षतिमा भेटायो । ओमानको जितमा कप्तान जितेन्दर सिंले सर्वाधिक ५८ रनको योगदान गरे ।  

आशिष ओडेराले २७ तथा वाशिम अलीले २४ रन बनाए । त्यसअघि अलअमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेदरल्याण्डस ४०.२ ओभरमा  सवै विकेट गुमाउँदै १३२ रनमा समेटियो । उ

सकालागि बास डे लिडेले सर्वाधिक ५१ तथा नोय क्रोयसले २९ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्