ADD FOR WEBSIDE ADD FOR WEBSIDE
ललितपुर मेयर कप टि–२० :

ललितपुर ११ कोे विजयी सुरुवात

शनिबार, वैशाख २९, २०८१

काठमाडौं : ललितपुर मेयर कप टि–२० महिला क्रिकेटमा ललितपुर ११ ले बिजयी सुरुवात गरेको छ । आज भएको उद्धघाटन खेलमा ललितपुर ११ ले बाग्मती प्रदेशलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जितका लागि पछ्याएको ५३ रनको झिनो लक्ष्य ललितपुर ११ ले १३ दशमलब १ ओभरमा ३  विकेट गुमाएर भेट्टायो । ललितपुरको जितमा कप्तान पूजा महत्वले अविजित रहँदै सर्बाधिक २३ रनको योगदान गरे । लक्ष्मी चौधरीले १२ तथा किरण कुँवर र सरस्वती जिएमले ६/६ रनको योगदान गरिन् । 

त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको बामग्मतिले १४ दशमलब २ ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्र बनाउन सक्यो । बाग्मतिका लागि कप्तान अश्मिना कर्माचार्यले सर्बाधिक २० तथा कञ्चन श्रेष्ठले ११ रन जोडेपनि अन्य ब्याटरले दाहोरो अंकको रन बटुल्न सकेनन् ।

बाग्मतिलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ कृतिका मरासीनीले सर्बाधिक ४ तथा सरस्वती कुमारीले ३ विकेट लिँदा पुजा महत्तोले २ विकेट हात पारिन् । चौथो संस्करणमा ललितपुर मेयर ११ ,सशस्त्र प्रहरीको एपिएफ, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र  कोशी प्रदेशी गरी पाँच टोलीको सहभागिता छ । प्रतियोगिताको शिर्ष दुईमा पुग्ने टोली फाईनलमा पुग्ने छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्