सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : यू –१९ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।
आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले पाराजित गरेको हो । योसँगै सुदूरपश्चिमले लगातार दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको हो । सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बीनीले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११९ रन बनाउन सक्यो ।
लुम्बीनीका कप्तान आकाश त्रिपाठीले २२, शिव कुँवरले नटआउट २०, विजय कोहरले १९ र समिरअलि मुसलवानले १८ रन बनाए । बलिङ तर्फ सुदूरपश्चिमका हेमन्त धामीले ४, सचिन भट्ट र नरेन साउदले समान २/२ विकेट लिए ।
यसअघि विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ३७.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो । सुदूरपश्चिमाका लागि अभिषेक थापाले २९, नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐरले १४ र दीपक रोकायाले ११ रन बनाए ।
लुम्बिनीका लागि सन्तोष यादवले पाँच विकेट लिए । यसैगरी रमेश कुर्मीले तीन र शिव कुँवरले एक विकेट हात पारे ।