ADD FOR WEBSIDE ADD FOR WEBSIDE

इंग्ल्याण्डविरुद्धको एक दिवशीय सिरिज वेष्टइन्डिजलाई

बिहीबार, कात्तिक २२, २०८१

काठमाडौँ : घरेलुटोली वेष्टइन्डिजले इंग्ल्याण्डविरुद्धको एक दिवशीय सिरिज जितेको छ ।

बिहिवार बिहान (आज ) भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्याण्डलाई ८ विकेटले हराउँदै वेष्टइन्डिजले सिरिज हात पारेको हो । इंग्ल्याण्डले दिएको २६४ रनको लक्ष्य घरेलुटोलीले ४३ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो ।

वेष्टइन्डिजको जितमा दुई खेलाडीले बिस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरे । केसी कार्टीले शतकीय पारी खेल्दै नटआउट  १२८ रन जोडे । ब्रान्डन किङले १०२ रन बनाए ।  

Brandon King notched his third ODI century, West Indies vs England, 3rd ODI, Bridgetown, November 6, 2024

त्यसअघि ब्रिजटाउनमा टस हारेर पहिले ब्याटिङमा तानिएको इंग्ल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो । उसकालागि पिल साल्टले सर्वाधिक ७४ रन बनाए ।

Keacy Carty kept West Indies' run-chase on track, West Indies vs England, 3rd ODI, Bridgetown, November 6, 2024

ड्यान मोस्लीले ५७ तथा श्याम करनले ४० रन बनाएका थिए । पहिलो खेलमा ८ विकेटको जित निकालेको वेष्ट इन्डिजले दोस्रो खेल ५ विकेटले गुमाएको थियो ।

एकदिवशीय सिरिज सकिएलगत्तै दुवै टोलीले पाँच खेलको टी–२० आई सिरिज खेल्नेछ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्