सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : १९ वर्ष मुनिको महिला टी–२० विश्व कप क्रिकेट अन्तर्गत एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
कुवेतलाई १०८ रनले पराजित गर्दै नेपालले प्रतियोगीतामा लगातार दोस्रो जित हासिल गरेको हो । नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा अल आउट हुँदै मात्र २२ रन बनाउन सक्यो ।
कुवेतकी जेफा जिलियानीबाहेक अन्यले ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी रचनाकुमारी चौधरी र सीमा केसीले समान दुई/दुई विकेट लिइन् । पुजा महतो, करिष्मा गुरुङ र मनिषाकुमारी उपाध्ययले समान एक विकेट हात पारिन ।
यसअघि दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । नेपालका लागि पुजा महतोले ३४ रन बनाइन् ।
यस्तै साना प्रविनले २५, ज्योत्सनिका मरासिनीले २३ तथा एलिसाकुमारी यादवले १५ रन जोडिन् । कुवेतकी आयशा इकवाल पेवेकरले २ तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १ विकेट लिइन् ।
जितसँगै नेपालले दुई खेलबाट चार अंक जोडेको छ । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो ।
अब नेपालले अर्को खेल शनिवार युएईसँग खेल्ने तालिका रहेको छ ।